प्रभु लाईफको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 08:22:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स @Pra ले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज पुस २ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । 

कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम  ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपिओमा हालसम्म ४.१४ गुणा बढीको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८ सय ५४ जना आवेदकबाट २ करोड ४८ लाख १६ हजार ६  सय ७० कित्ताको आवेदन परेको हो । 

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved