नेप्सेको तथ्यांक प्रयोग गर्न अब शुल्क तिर्नु पर्ने, कसलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 04:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागु गरेको छ । नेप्सेले पुस १ गतेदेखि लागु हुने गरि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागु गरेको हो

यस संगै अब नेप्सेको एपीआई र अन्य तथ्यांक प्रयोगको लागि निवेदन दिई अनुमति लिनु पर्ने छ ।  साथै नेप्सेले तोकेको शुल्क समेत बुझाई तथ्यांक प्रयोगको लागि सम्झौता समेत गर्नु पर्ने भएको छ । नेप्सेले तथ्यांक प्रयोग गर्नेहरुलाई ५ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै शुल्क तोकेको हो ।  

यस अघि नेप्सेले सामान्य निवेदनको आधारमा आफ्नो तथ्यांक दिदै आएकोमा अब भने निवेदन दिई शुल्क तिरेर सम्झौता नै गर्नु पर्ने ब्यबस्था गरेको हो । साथै यस अघि तथ्यांक लिईरहेकाहरुले अब तोकिएको प्रक्रिया पुर्याउनु पर्ने नेप्सेले जनाएको छ 

साथै नेप्सेको तथ्यांक चोरी गर्नेहरुलाई रोक्नको लागि यस अघि कानुनी आधार नभएकोमा अब भने अनाधिकृत रुपमा नेप्सेको तथ्यांक प्रयोग गरे कानुनी कारवाही गर्ने बाटो समेत खुलेको नेप्सेले जनाएको छ । यद्यपि कार्यविधिमा के कारवाही हुने खुलाईएको छैन 

यहाँ क्लिक गरेर कार्यविधि र तथ्यांक प्रयोग गर्न लाग्ने शुल्क हेर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved