इन्भेष्टमेन्ट बैंकको नाफामा सामान्य गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 09:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited को खुद नाफा ४.७७  प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६६ करोड नाफा कमाएकोमा चालु आर्थिक  वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ करोड खुद नाफा कमाएको हो ।  

यस अवधिमा बैंकको संचालन मुनाफा २.०८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड कायम भएको छ  । बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख रहेको छ ।  

बैंकको निक्षेप १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ३८ अर्ब । बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर २ अर्ब ९८ करोड कायम भएको  छ । १४  अर्ब २४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १५  अर्ब ३० करोड रहेको छ । 

बैंकको खराब कर्जा  २.९  प्रतिशतबाट घटेर २.७५ प्रतिशत कायम भएको छ भने प्रति शेयर आम्दानी २२.२७  रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ २०७.३९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २१.७८ गुणा, बेस रेट ६.५६ प्रतिशत, स्प्रेड दर ४.१४ प्रतिशत, कोषको लागत ४.६९  प्रतिशत, र सिसिडि ७४.०७  प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved