नेप्सेको तथ्यांक भन्छ 'निफ्राको शेयर मूल्य १०० प्रतिशतले घट्यो', कारोबार स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 12:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको छ। बुधबारको कारोबारमा नेप्सेको नयाँ तथा पुराना दुवै वेबसाइटले गलत तथ्यांक देखाईरहेका छन्  

नेप्सेको वेबसाइटले नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखाएको छ  । जबकी कुनै एक दिन एउटा कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटबढ हुन पाउदैन  । 

नेप्सेको वेबसाइटमा धेरै गुमाउने कम्पनीको सुचिमा पहिलो नम्बरमा निफ्रा रहेको छ जसको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखाईएको छ  । त्यस्तै टिएमएसमा पनि निफ्राको शेयर ५९४ रुपियाँले घटेर शुन्यको मूल्यमा कारोबार भएको देखाएको छ  । निफ्राको शेयरको गलत तथ्यांकले समग्र सूचक नै गलत देखाएको हुन सक्ने कतिपय लगानीकर्ताको अनुमान छ । 

नेप्सेले भने यो समाचार तयार पार्दासम्म निफ्राको शेयर मूल्य के कारण यस्तो भएको हो भन्ने बारे लगानीकर्तालाई केहि पनि जानकारी दिएको छैन ।  तर नेप्सेले टिएमएसबाट निफ्राको कारोबार हुन नसक्ने गरी कम्पनीको नाम हटाएको छ । यसो हुँदा बिक्रि वा खरिद अर्डर हाल्न मिलेको छैन । यसको पनि जानकारी लगानीकर्ताले आधिकारिक रुपमा पाएका छैनन् । निफ्रा किन हटाईयो भन्नेबारे समेत नेप्सेले जानकारी दिएको छैन । 

नेप्सेले सहि सूचना नदिँदा लगानीकर्ता अलमलमा परेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved