२ लघुवित्त कम्पनीको ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2021 | 02:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ लघुवित्त कम्पनीको ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज आशा लघुवित्त र वोमी लघुवित्तको गरि कुल ११ लाख ८१ हजार ९ सय ७६ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

आज आशा लघुवित्तको १५ प्रतिशतले हुन आउने ३ लाख ४८ हजार ४ सय ३२ कित्ता बोनस शेयर र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५ सय ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

आज नै एभरेष्ट बैंकको ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको छ । यस संगै बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३:४०.७७ भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved