३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 08:34:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त र गणपतिको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी मध्ये २ कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १४ र १ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले चैत्र ५ गते साधारणसभा बोलाएको छ ।

त्यस्तै स्वरोज्गार लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद गरि कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २९ गते साधारणसभा बोलाएको छ ।

गणपति लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा ति लाभांश वितरण हुने छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved