सिभिल लघुवित्तको लाभांश पारित, सञ्चालकमा सुनिता आचार्य निर्विरोध चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 07:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  को लाभांश पारित भएको छ । बिहिबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यस्तै सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको छ ।

संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved