आज चैत्र १८ गते बुधबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सुर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha ले चैत्र ३१ गते मंगलबार स्यांग्जाको पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा सभा आह्वान गरेको छ । सभामा कम्पनीले संस्थापक र सर्बसाधारण शेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । हाल कम्पनीमा सर्बसाधारण शेयरधनीको स्वामित्व २१.७५ प्रतिशत मात्र छ ।
त्यस्तै सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, संचालकहरुको भत्ता वृद्धि गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पुँजीको १५.३४५७७ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८०७६७ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहक २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।
त्यस्तै सारथी नेपाल लघुवित्तले बैशाख ३ गते धुलिखेलको होटेल अरनिकोमा सभा आह्वान गरेको छ । सभामा कम्पनीले एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । सर्बसाधारणको लागि छुट्याईएको साधारण शेयर एफपिओ मार्फत बिक्रि गर्ने कम्पनीले प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले लाभांश प्रस्ताव पनि सभामा पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, राष्ट्र बैंकले नाम परिवर्तन गर्न निर्देशन दिएकोले नाम फेर्ने लगायतका प्रस्ताव पनि पेश हुने छन् ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहका २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।