धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा पदपूर्ति, कसलाई कुन जिम्मेवारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 01:40:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति भएको छ । यस अघि उप कार्यकारी निर्देशक रहेका २ जनालाई कायम मुकायम कार्यकारी निर्देशक पदमा पदपूर्ति गरिएको हो ।

बोर्डका भीष्मराज ढुंगानाले उपकार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ र विनय देव आचार्यलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको सूचना अधिकारी दिपा दाहालले जानकारी दिईन् । उनका अनुसार कार्यकारी निर्देशक पद रिक्त हुँदा बोर्डको काम कारवाही प्रभावित भएपछि वरिष्ठताको आधारमा श्रेष्ठ र आचार्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो । कार्यसम्पादन मुल्यांकनको आधारमा हुने नियमित बढुवा भने लोक सेवाको अनुमतिमा पछि हुने भएको हो ।

बोर्डले कामु कार्यकारी निर्देशकहरुको कार्य विभाजन समेत गरेको छ । जस अनुसार श्रेष्ठले सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् भने आचार्यले वस्तु बजार अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् । कार्यकारी निर्देशक निरज गिरी भने नियमन तथा ब्यबस्थापन विभागका प्रमुख हुन् ।

अर्थ मन्त्रालयले पछिल्लो समय बोर्डमा नयाँ १६ दरबन्दी को लागि स्वीकृति प्रदान गरेको थियो । बोर्डले बस्तु तथा विनिमय बजारको समेत नियमन गर्ने जिम्मेवारी पाएपछि सो को हाल कायम कर्मचारी अपुग हुने भएको भन्दै बोर्डले थप दरबन्दीको लागि स्वीकृति माग गरेको थियो । सोहि अनुसार मन्त्रालयले थप दरबन्दीको लागि स्वीकृति प्रदान गरेको थियो । 

त्यस संगै बोर्डमा ३ जना कार्यकारी निर्देशक र ८ जना उप कार्यकारी निर्देशकको दरबन्दी रहेको छ । २ जना उपकार्यकारी निर्देशकहरुले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएसंगै बोर्डमा ४ उप कार्यकारी निर्देशकको पद रिक्त भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved