स्वाबलम्बन लघुवित्तको शेयर बिक्रि गर्दै नबिल बैंक, १४ करोड प्राप्त हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 09:16:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको झन्डै २ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले स्वाबलम्बन लघुवित्तको १ लाख ९० हजार ६ सय ५३ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय ५० रुपैयाँ तोकेको छ । यी शेयरमा असार ६ गतेदेखि असार १५ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलामको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

 हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । शेयर खरिदको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved