युनियन लाईफको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 03:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनमै २.९४ गुणा बढी आवेदन परेको छ । आईपीओ खुलेको दोस्रो दिन आज शुक्रबार दिउँसो ३ः३० बजेसम्म ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकले १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज दिउँसोसम्म १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ । 

आइपीओमा  न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ । असार २८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved