मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड मिति तय, २० लाख आवेदकले सेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 04:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार कम्पनीको आईपीओको प्रिअलटमेन्ट सकिएको छ । 

कम्पनीको आइपीओमा ७३ गुणा बढीको आवेदन परेको छ । २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको एनएमबि क्यापिटलले जनाएको छ । 

कम्पनीले सर्वसाधारणको लागि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । 

कम्पनीको आईपीओ ३६ हजार ३४९ जनाले मात्रै पाउने छन् । बाँकी १९ लाख ९९ हजार ८९६ जनाको हात खाली हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved