दोस्रो दिनमै ११ लाख ७० हजार बढीले दिए युनियन लाइफको आईपीओमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 05:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनमै ११ लाख ९० हजार बढीको आवेदन परेको छ । आईपीओ खुलेको दोस्रो दिन आज शुक्रबार साँझसम्म ११ लाख ७० हजार ९१२ जनाले १ करोड ९६ लाख १ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार १ अर्ब ९६ करोड १ लाख ९३ हजार रकम बराबरको १ करोड ९६ लाख १ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ । 

आइपीओमा  न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ । असार २८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved