मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँड सोमबार, १९ लाख आवेदक हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 01:14:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान ९:३० बजे शेयर बाँडफांड गर्न लागेको हो  ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले   ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  

आईपिओमा २० लाख बढीले आवेदन दिएका छन्  । माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन्  । यस हिसाबमा १९ लाख बढी आवेदन हात खाली हुने छन्  । यो आवेदन फेरिफाई हुनु अगाडीको तथ्यांक भएकोले यो संख्या केहि घटबढ हुन सक्ने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved