गत वर्ष आईपिओमा रेकर्ड ब्रेक, १५ अर्ब बढीको निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 02:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा नेपाल धितोपत्र बोर्डले १५ अर्ब बढीको आईपिओ निष्काशनको अनुमति दिएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष अर्थात् ७६/७७ को तुलनामा ३.७९ गुणा बढी हो । आर्थिक वर्ष ७६/७७ मा बोर्डले ३ अर्ब ९९ करोड ४८ लाख ४ हजार रकम बराबरको आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो  ।

आर्थिक वर्ष ७७/७८ मा निष्काशन अनुमति प्रदान गरिएको रकम हालसम्म कै उच्च हो  । अर्थात् ७७/७८ मा आईपिओ निष्काशन अनुमति प्रदान गरिएको रकमले यस अघिका आर्थिक वर्षहरुको भन्दा बढी हो । 

आर्थिक वर्ष ७७/७८ मा बोर्डले कुल २२ वटा कम्पनीलाई आईपिओ निष्काशन अनुमति दिएको हो । जस मधे सबै भन्दा ठुलो रकम नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को रहेको छ । निफ्राए मात्रै ८ अर्बको आईपिओ निष्काशन गरेको हो । आईपिओ निष्काशनको अनुमति पाएका मध्ये सानिमा लिफ इन्स्योरेन्स, मानुषी लघुवित्त, र सामलिङ पावरले आईपिओ निष्काशन गर्न बाँकि छ । त्यस्तै तेह्रथुम पावर र मध्य भोटे कोशीले हाल स्थानियको लागि शेयर निष्काशन गरिरहेको छ । 

गत आर्थिक वर्षमा आईपिओ निष्काशन अनुमति पाउनेमा रिलायन्स लिफ इन्स्योरेन्स, समाज लघुवित्त, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रकचर बैंक, सिंगटीहाइड्रो, ग्रिनलाइफ हाइड्रो, महिला लघुवित्त, रुरु जलविद्युत, ज्योति लाइफ इन्स्योरेन्स, सीईडिबि हाइड्रो, मध्य भोटेकोशी जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर, युनियन लाइफ इन्स्योरेन्स, मैलुंग खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिरङ पावर रहेका छन् । 


हेर्नुस आईपिओ निष्काशन गर्ने कम्पनी र रकम । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved