चन्द्र ढकालको बचाउमा महासंघको झुटो विज्ञप्ति, ढकाल संचालक भएपछि गरिएको थियो शेयर खरिद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 08:11:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको संचालक समेत रहेका आफ्नो बरिष्ठ उपाध्यक्षको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघले झुटो विज्ञप्ति निकालेको पाईएको छ। महासंघले आज विज्ञप्ति निष्काशन गर्दै चन्द्र ढकालका भाई हेमराज ढकालले चन्द्र ढकाल बोर्डमा संचालक बन्नु अगाडी नै सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको दाबी गरेको छ। 

यो पनि: बोर्ड अध्यक्ष ढुंगाना र एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भित्रि कारोबार गरेको प्रमाणित

महासंघले भनेको छ 'नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७÷०८÷३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहांको बोर्ड बैठकमा मिति २०७७÷१०÷११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउंछौं । उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७÷०८÷१४ मा) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आ“च पु¥याउने हु“दा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।'

यो पनि:  सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ

अर्थात् महासंघले चन्द्र ढकाल माघ ११ गते मात्र बोर्डमा संचालक भएको र शेयर खरिद बिक्रि भने त्यस अगाडी नै अर्थात् मङ्सिर १४ गते भएको दाबी गरेको छ । तर शेयर कारोबार भएको ओटीसी मार्केटको विवरणमा भने हेमराज ढकालले माघ २६ गते शेयर खरिद बिक्रि गरेको उल्लेख छ ।  अर्थात् चन्द्र ढकाल बोर्डको संचालक भएपछि मात्र शेयर खरिद बिक्रि भएको प्रमाणित भएको छ । यो विवरण नेप्सेले बोर्डलाई माघ २६ मै पठाएको छ ।  बोर्डले यस विवरण माघ २८ मा दर्ता गरेको छ ।  यसबाट ढकालको बचाऊमा  महासंघले झुटो प्रचार गरेको प्रमाणित भएको छ ।  



-हर्षद मेहता शैलीमा चन्द्र ढकाल, सर्वोत्तम सिमेन्टको शेयरमा उनकै समुहको प्रभुत्व
कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved