सामलिङ्ग पावरको आईपिओ स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 08:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनीले निष्काशन गर्ने भनिएको स्थगित भएको छ  । कम्पनीले आयोजना प्रभावित इलामका स्थानीयलाई साउन २२ गतेदेखि आइपिओ निष्काशन गर्ने भनेकोमा इलाममा जारी भएको निषेधाज्ञाको कारण स्थगित गरिएको कम्पनीले जनाएको छ  ।

अर्को ब्यबस्था नभएसम्मको लागि आईपिओ निष्काशन स्थगित गरिएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडले जनाएको छ। इलाममा साउन १८ गतेदेखियो साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ  । 

कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको थियो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो । 

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ। उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved