रिलायबल लाइफको आईपिओ १०० रुपैयाँमा नआउने, प्रिमियम मूल्यको लागि माग्यो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 10:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा  आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।  

बोर्डले अनुमति दिए कम्पनील यहि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने छ ।   कम्पनीले सर्वसाधरणलाई  ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।  हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

त्यस्तै उपकार लघुवित्त र रिभर फल्स पावर लिमिटेडले पनि आईपिओ निष्काशनको लागि अनुमति माग गरेका छन् ।  उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट रहेको छ । 

रिभर फल्सले भने ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved