सानिमा लाइफको आईपिओमा दोस्रो दिनसम्म ४ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 05:24:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म  ४ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा बिहिबार साँझसम्ममा  १४ लाख ९५ हजार ३ सय ८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ४.४० गुणा बढी हो । 

कम्पनीले साउन २० गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कितात सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । आईपिओमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  ।  बोर्डले असार ३१ गते बिहिबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ। 

यो पनि : सानिमा लाइफ आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved