१८ लाख बढीले सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ नपाउने, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 09:18:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company ले निष्काशन गरेको आइपिओमा ६.८४ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज साँझसम्ममा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले श्रावण २० गतेबाट  ६० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  

माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ ।  कम्पनीको आईपिओ १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र पाउने छन् ।   यस हिसाबमा  १८ लाख जना बढी आवेदक हात खाली हुने देखिन्छ ।  यद्यपि आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि तलमाथि पर्न सक्ने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved