मैलुङ खोलाको आईपिओ आज बाँडफाँड हुदै, २० लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 08:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गर्ने तयारी गरेको हो ।  

कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

आईपिओमा कुल २१ लाख १८ हजार ९ सय २५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथा बाट बाँडफांड हुने छ ।  

कम्पनीको आईपिओ ६८ हजार ७ सय ७४ जनाले मात्र पाउने छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदक हात खाली हुने छन् ।  यद्यपि यो आवेदन फेरिफाई हुनु अगाडीको डाटा भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ । 

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो। कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । 

आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved