थ्री स्टार हाइड्रोले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 02:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको हो ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । यी शेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्काशन हुने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved