मानुषी लघुवित्तको आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 08:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपिओ निष्काशन गर्दै छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन ३१ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो।  

कम्पनी परिचय 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित संस्था हो । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, भैसेपाटीमा रहेको छ । 

यस लघुवित्त वित्तीय संस्थाले राष्ट्रिय स्तरको ”घ” वर्गको नामबाट कारोबार शूरु गरिरहेको छ । हाल वित्तीय संस्थाले ८ जिल्लाहरुमा आफ्नो२६ शााखा कार्यालयहरु स्थापना गरि लघुवित्त कारोबार गर्दै आइरहेको छ र आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिई यस लघुवित्त वित्तीय संस्थाले शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोवार गर्न सक्नेछ ।

विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि वि.सं. २०४८ सालमा स्थापना भएको मानुषीबाट संचालित गरीब तथा विपन्न परिवारलाई लघुवित्त तथा अन्य सेवा दिएर गरीबी न्यूनिकरण तथा महिला श–सक्तिकरण गर्ने कार्यक्रम नेपाल राष्ट्र बैंक ऐन २०१२ अनुसार वि.सं. २०५९ वैशाख २० गते नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरेर सोही वर्ष २०५९ साल असोज १ गतेबाट मानुषी लघुवित्त कार्यक्रम संचालन गरेको हो । यस लघुवित्त वित्तीय संस्था २०७५÷०३÷१० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस संस्थाले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप नेपाल राष्ट्र बैंक बाट मिति २०७५ साल आश्विन २५ गते मानुषी लघुवित्त वित्तीय संस्थ्था लिमिटेडको ईजाजतपत्र प्राप्त गरि मिति २०७५ साल कार्तिक १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार शूरु गर्नको लागि स्वीकृत पत्र समेत प्राप्त गरेकोले मिति २०७५ साल मंसिर १ गते देखि मानुषी लघुवित्त कार्यक्रमबाट भएको सम्पूर्ण कारोबारहरु मानुषी लघुवित्त वित्तीय संस्था लि. मा रुपान्तरण गरी सोही मानुषी लघुवित्त वित्तीय संस्था लि. को (राष्ट्रिय स्तरको घ बर्ग) नामबाट कारोबार शूरु गरेको हो ।

पुँजी संरचना

लघुवित्तको अधिकृत पूँजी बीस करोड  रहेको छ । लघुवित्तको तत्काल जारी पूँजी दश करोड त्रीयानब्बे लाख पचहत्तर हजार रहेको छ । लघुवित्तको  संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी सात करोड रहेको छ  ।  सर्वसाधारणलाई तीन करोड त्रीयानब्बे लाख पचहत्तर हजार  रकम बराबरको शेयरको निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी  दश करोड त्रीयानब्बे लाख पचहत्तर हजार मात्र हुनेछ । आईपिओ निष्काशन पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ६४:३६ हुने छ  ।

आधारभूत शेयरधनी, संस्थापक र संचालक विवरण 

कम्पनीको आधारभुत शेयरधनीमा मानुषी संस्था र मानुषी प्रालि रहेका छन्  । मानुषी संस्थासंग ३ लाख ८३ हजार कित्ता शेयर छ भने मानुषी प्रालिसंग ६० हजार कित्ता शेयर रहेको छ । 

कम्पनीको संचालकहरुमा पद्मासना शाक्य, दिव्यतारा तुलाधर, नविना धाख्वा (शाक्य), प्रमिला आचार्य रिजाल, चन्द्र प्रसाद कछिपति, र सुवर्ण कु. कर्माचाय रहेका छन् । कर्माचार्य कम्पनीको स्वतन्त्र संचालक हुन्  । कम्पनीको अध्यक्ष पद्मासना शाक्य हुन् । 

सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकले प्रति बैठक भत्ता २५०० पाउने ब्यबस्था छ ।  संस्थाको कामको सिलसिलमा सञ्चालकलाई  स्वदेशमा वास्तविक खर्च वा बढीमा दैनिक भत्ता २५००, भारतमा वास्तविक खर्च वा बढीमा दैनिक भत्ता भारु. ३,०००, भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० भत्ताको ब्यबस्था गरिएको छ ।  भ्रमण भत्ता बिल बमोजिम हुने तथा अन्य सुविधा साधारण सभाले समय समयमा निर्धारण गरे बमोजिम हुने उल्लेख छ ।

ब्यबस्थापन विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचाय रहेकी छिन् भने प्रबन्धकमा कमल श्रेष्ठ र अधिकृतमा सृजना सिंह रहेका छन् । कम्पनीमा ९७ स्थायी , १७ करार गरि ११४ जना कर्मचारी रहेका छन् । 

आर्थिक वर्ष ७६/७७ मा सीइओ बज्राचार्यले १६ लाख ५० हजार ८ सय ३७ रुपैयाँ पारिश्रमिक बुझेको उल्लेख छ । सो अवधिले कम्पनीले प्रबन्धक कमल श्रेष्ठलाई ९ लाख १४ हजार ५ सय ९६ रुपैयाँ र अधिकृत सिर्जना सिंहलाई ६ लाख ५२ हजार ६ सय ६९ रुपैया पारिश्रमिक उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ । 

आईपिओबाट उठेको पुंजीको उपयोग 

 आ.व. २०७७÷७८ मा वित्तीय संस्थाले वित्तीय पहुँच कम भएका स्थानहरुमा वित्तीय सेवा प्रदान गर्नका लागि कम्तीमा १२ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गर्न तथा व्यवसायमा भएको बृद्दि संगै हाल रहेको भौतिक सम्पत्ति थप गर्नको लागि २ करोड प्रयोग गर्ने उल्लेख छ । त्यस्तै पशुपालन तथा कृषीकर्जामा ५० लाख, खुद्रा व्यापार र सेवा कर्जामा ५० लाख र साना तथा घरेलु उद्योग कर्जामा ९३ लाख ७५ हजार प्रयोग गरिने कम्पनीले उल्लेख गरेको छ  ।

बिक्रि प्रबन्धक र प्रत्याभूति सेवा

निष्काशन गरिने साधारण शेयरहरु पूर्णरुपमा बिक्री नभएमा, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले निष्काशन रकमको शत प्रतिशत शेयर आफैंले खरीद गर्ने प्रत्याभूति सम्झौता भएको छ । यस सेवा वापत कम्पनीले क्यापिटललाई ४० हजार प्रदान गर्ने छ   । कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । यस सेवा वापत कम्पनीले १ लाख रुपैयाँ विक्री प्रबन्धकलाई प्रदान गर्ने छ ।

वित्तीय अवस्था 

वित्तीय संस्थाको हैसियतमा केवल २ वर्ष पुरानो लघुवित्त वित्तीय संस्था भए तापनि आफ्नोकार्य क्षेत्रमा सञ्चालित अन्य समान वित्तीय संस्थाहरु बीच यस वित्तीय संस्थाले आफ्नो स्थितिलाई मजबुत बनाउँदै लगेको छ । आ.व. २०७५÷७६ मा यस लघुवित्त वित्तीय संस्थाको शाखा संख्या २२, जगेडा कोष रु. २,६८,५७,५१५.६३, निक्षेप (वचत) रु. ४६,३५,०५,३७७, कर्जा (लघु कर्जा, धितो कर्जा) लगानीमा रहिरहेको रु. ८१,७६,८८,६०६ र कूल आम्दानी रु.११,६५,०३,७३३.१३ रहेकोमा आ.व. २०७६÷७७ मा क्रमशः शाखा संख्या २५, जगेडा कोष रु. २,२८,७९,५०१, निक्षेप वचत रु.५५,२३,०९,३५४ र कूल आम्दानी रु. १८,१२,९८,९६५.०९ रहेको छ ।

खुद नाफा

कम्पनीको आर्थिक वर्ष ७५/७६ र ७६/७७ मा कम्पनीको खुद नाफा क्रमश १ करोड २१ लाख १७ हजार र ३१ लाख ७२ हजार (ऋणात्मक) रहेको थियो कम्पनीले आ.व. ७७/७८७८/७९ र ७९/८० मा खुद नाफा १ करोड ९ लाख१ करोड ६९ लाखर २ करोड ९३ लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ ।

नेटवर्थ र ईपीएस

कम्पनीको आर्थिक वर्ष ७५/७६ र ७६/७७ को वास्तविक प्रति शेयर नेटवर्थ क्रमश १३८.३७  रुपैयाँ, र १३२.६९ रुपैयाँ रहेको थियो । कम्पनीले आर्थिक वर्ष ७७/७८७८/७९र ७९/८० मा प्रति शेयर नेटवर्थ क्रमश १३०.९४ रुपैयाँ१४६.४१ रुपैयाँ र १७३ रुपैयाँ २५ पैसा रहने प्रक्षेपण गरेको छ ।

कम्पनीको आर्थिक वर्ष  ७५/७६ र ७६/७७ को वास्तविक प्रति शेयर आम्दानी क्रमश १७.३१  रुपैयाँ र ४.५३ रुपैयाँ (ऋणात्मक) रुपैयाँ रहेको थियो । कम्पनीले आर्थिक वर्ष ७७/७८७८/७९र ७९/८० मा प्रति शेयर नेटवर्थ क्रमश १०.०२ रुपैयाँ१५.४७ रुपैयाँ र २६.८४ रुपैयाँ रहने प्रक्षेपण गरेको छ ।


रेटिङ्ग विवरण 

 क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले मानुषी लघुवित्तलाई मिति २०७७÷१२÷०३ मा 'समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहने ” [CARE-NP B± (Is) Pronounced as [Single B Plus (Issuer)]” प्रदान गरेको छ । सो ग्रेडिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८÷१२÷०३ सम्म रहनेछ । केयर रेटिङ्ग नेपाल ले [CARENP]AAA देखि [CARE-NP]D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड CARE-NP]AAA  ले वित्तीय दायित्व वहन गर्ने क्षमतामा सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित रहेको आधार जनाउँछ र [CARE-NP]D ले वित्तीय दायित्व वहन गर्ने क्षमतामा सबैभन्दा बढी जोखिम रहेको जनाउँदछ । रेटिङ्ग संकेत पछाडी रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ CARE-NP B± (Is) को स्थिति CARE-NP B- (Is) को भन्दा एक चिन्ह माथि रहन्छ ।

यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्र अनुसार तयार पारिएको हो । विवरणपत्रमा उल्लेख गरिए बमोजिम तयार गरिएको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु पुनरावलोकन गरी सो आधारमा तयार गरिएका वित्तीय प्रक्षेपणका विवरण यथार्थपरक रहेको भनी के.पि.एन एण्ड एसोसिएटस्का चार्टर्ड एकाउटेण्ट केशव प्रसाद न्यौपानेले प्रमाणित गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved