मध्य भोटेकोशीको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 09:27:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा हालसम्म १ अर्ब ६६ करोड बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा साउन २६ गते बेलुकासम्ममा ८२ हजार १ सय ३४ जना आवेदकबाट १ करोड ६६ लाख १६ हजार २  सय ९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा २.७६ गुणा बढी हो ।  

जस मध्ये आयोजना प्रभावितबाट ८ हजार ६ सय २ जना आवेदकबाट २१ लाख २५ हजार १ सय ३१ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ७३ हजार ५ सय ३२ आवेदकबाट १ करोड ४४ लाख ९१ हजार १ सय ५९ कित्ताको लागि आवेदन परेको हो ।  

 कम्पनीको यस अघि स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको हो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई  आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो  यस आईपिओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ  

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved