साहस उर्जाको आईपिओ आजदेखि, साढे १० लाख कित्तासम्म भर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 08:08:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साहस उर्जा लिमिटेडले आज साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयको लागि ३५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  

यस निष्काशनमा छिटोमा भदौ ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताको लागि दिन सकिने छ  । शेयर निष्काशनको लागि  एनआइबिएल एस क्यापिटलले बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

साहस उर्जाले सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो निजि क्षेत्रले निर्माण गरिरहेको नेपाल कै ठुलो क्षमताको जलविद्युत योजना हो । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी साढे ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved