सानिमा लाइफको आईपिओ शनिवार बाँडफाँड गर्ने तयारी, १८ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 07:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima Life Insurance Company ले निष्काशन गरेको आइपिओ शनिवार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शनिवार बिहान ११ बजे शेयर बांडफांड गर्ने भएको हो । सानिमा लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा शेयर बाँडफांड हुने क्यापिटलले जनाएको छ । 

कम्पनीको आईपिओम  ६.८४ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिनसम्ममा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको छ। माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ ।  कम्पनीको आईपिओ १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र पाउने छन् ।   यस हिसाबमा  १८ लाख जना बढी आवेदक हात खाली हुने देखिन्छ ।  यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

कम्पनीले श्रावण २० गतेबाट  ६० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved