मानुषी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:18:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओमा आबेदन दिने आज अन्तिम दिन हो। मानुषीको आइपीओमा तेस्रो दिनसम्ममा ६५ गुणा बढीको आवेदन परेको छ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो। लगानीकर्ताले आज अर्थात् साउन ३१ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । 

कम्पनीको आईपिओमा शुक्रबार साँझ ५ बजेसम्ममा १८ लाख ५६ हजार ५  सय ५० जना आवेदकबाट २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ६५.२० गुणा बढी हो । 

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved