बुद्धभूमीको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 08:18:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले आज साउन ३२ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेका छ ।  कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयहरुलाई ४ लाख कित्ता शेयर खुला गरेको हो ।  


यस निष्काशनमा छिटोमा भदौ १४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।


कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ ८ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १४ गते अनुमति प्रदान गरेको हो । कम्पनीले सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । आयोजना प्रभावितलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।


कम्पनीले  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved