मध्य भोटेकोशीको आईपिओमा झन्डै २ अर्बको आवेदन , कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 07:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा झन्डै २ अर्बको आवेदन परेको छ ।  कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने अन्तिम दिन आज साँझसम्ममा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि अर्थात् १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रकमको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  यो माग गरिए भन्दै ३.२२ गुणा बढी हो ।  

जस मध्ये आयोजना प्रभावितबाट १० हजार ८ सय ४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४ सय ९६ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ९० हजार १ सय ८० आवेदकबाट १ करोड ६६ लाख ५० हजार २ सय ८४ कित्ताको लागि आवेदन परेको हो । यो भेरिफाई हुनु अगावैको डाटा रहेकोले अन्तिम तथ्यांक केहि तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ ।  

 कम्पनीको यस अघि स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको थियो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई  आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो   

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था थियो । आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved