न्यादी हाइड्रोको आईपिओ खुल्यो, बुटवल पावरका कर्मचारीले पनि भर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 08:12:59 AM मा प्रकाशित

laxmi  sunrise bank

 न्यादी हाइड्रोपावरले आज भदौ १ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  । 

जस मध्ये अति प्रभावित क्षेत्र तोकिएको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ (साविक खुदी गाविस वडा नम्बर १,२, ३, र ६), मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६,७ र ८ (साविक बाहुनडाँडा गाविस र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन हुने छ  ।  त्यस्तै यी बाहेक जिल्लाका अन्य स्थानीयलाई १० कित्ता शेयर निष्काशन हुने छ  ।  साथै कम्पनीको संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता शेयर छुट्याईएको छ  ।  

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ  ।  आवेदन दिनको लागि छिटोमा भदौ १५ गतेसम्मको मिति तय भएको छ  । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ  ।  शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

न्यादीले मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन ११ गते अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।जस मध्ये  २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।  

 कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved