श्वेतगंगा हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 03:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले सम्झौता गरेका छन् ।   

कम्पनीले जारी पूँजी १ अर्ब ५१ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम सड्चालिस करोड उनान्असि लाख बराबरको रु. १०० अंकित दरको ४७,७९,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न लागेको हो। कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।   

यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved