सामलिङ्ग पावरले भदौ १८ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 08:02:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनीले भदौ १८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित इलामका स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका स्थानीयलाई साउन २२ गतेदेखि आइपिओ निष्काशन गर्ने भनेकोमा इलाममा जारी भएको निषेधाज्ञाको कारण आईपिओ बिक्रि स्थगित भएको थियो ।भदौ १८ गतेबाट उक्त आईपिओमा आवेदन दिन सकिने ब्यबस्था मिलाईएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडले जनाएको छ।

यस संगै कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गर्ने छ। जस मध्ये आयोजना प्रभावित इलाम जिल्ला भरिका स्थानीयलाई ३ लाख कित्ता छुट्याईएको छ । त्यस्तै अति प्रभावित इलाम नगरपालिकाको वडा नम्बर ८ र १० तथा माईजोगमाइ गाउँपालिकाको वडा नम्बर ४ र ५ का स्थानीयलाई २ लाख कित्ता शेयर निष्काशन गरिने छ । यस आईपिओमा आवेदनले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस निष्काशनमा छिटोमा असोज १ गतेसम्म र सो समयसम्म आवेदन नपरेमा ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सकिने छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो । 

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ। उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved