मनकामना इन्जिनियरिङ्गले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा बिओके क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 03:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सम्भौतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटलले नै गर्ने भएको छ ।

 मनकामना इन्जिनियरिङ्गले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको हो। 

मनकामना इन्जिनियरिङ्गले दोलखा स्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना संचालन गरिरहेको छ । मिति २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आएको हो ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved