सामलिङ्ग पावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 10:32:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज १ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखि  आयोजना प्रभावित इलामका स्थानीयलाई शेयर निष्काशन गरेको हो । 

 कम्पनीले आयोजना प्रभावितको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  जस मध्ये आयोजना प्रभावित इलाम जिल्ला भरिका स्थानीयलाई ३ लाख कित्ता छुट्याईएको छ । त्यस्तै अति प्रभावित इलाम नगरपालिकाको वडा नम्बर ८ र १० तथा माईजोगमाइ गाउँपालिकाको वडा नम्बर ४ र ५ का स्थानीयलाई २ लाख कित्ता शेयर निष्काशन गरिने छ । यस आईपिओमा आवेदनले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ मा आईपिओ निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै माघ ५ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार शेयर निष्काशनको अनुपति पाएको हो । 

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) निर्माण गरिरहेको छ। उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved