लोअर इर्खुवा हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 05:59:26 PM मा प्रकाशित

लोअर इर्खुवा हाइड्रोपावरले आईपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। 

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो । हाल कम्पनीको अधिकृत पूँजी रु.९० करोड, जारी पूँजी रु.७० करोड र चुक्ता पूँजी रु.४९ करोड रहेकोछ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.७० करोड हुनेछ । 

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुर जिल्लाको षडानन्द न.पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलबिद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीमा नेशनल हाइड्रोपावर (एनएचपीसी) कम्पनीको समेत लगानी छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved