न्यादी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 08:05:14 AM मा प्रकाशित

laxmi  sunrise bank

 न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १५ गतेदेखि सर्बसाधारणलाई  २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको छ। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

सोमबार साँझसम्म यस आईपिओमा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । यी आवेदकबाट २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो । 

कम्पनीले यस अघि  भदौ १ गतेदेखि  लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीका कर्माचारीलाई गरि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । सो शेयर बाँडफाँड भईसकेको छ। 

कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । 

यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved