सामलिङ्ग पावरको आईपिओ बाँडफाँड, कसले कति कित्ता पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 06:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याईएको साधारण शेयरको बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आज शेयर बाँडफांड गरेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण शेयर आज  बाँडफाँड भएको हो । कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि निष्काशन गरेको थियो ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन्। त्यस्तै आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७७८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन्। 

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१)  देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved