यी ५ तरिकाबाट हेर्न सकिन्छ न्यादी हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 09:40:19 AM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गरेको हो । 

आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।  

जस अनुसार  गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् ।  

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ५ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार न्यादी हाइड्रोको वेबसाइट https://nhl.com.np/,  बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सह बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/,  सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । 

कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

 कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ । 

यो पनि : न्यादी हाइड्रो आईपिओ रिभ्यु : अधिकांश लगानी बुटवल पावरको, यो वर्ष बिजुली, अर्को वर्ष लाभांश


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved