सामलिङ्ग पावरको आइपीओ बाँडफाँड, ९ हजार ९८६ आबेदन रद्द, यसरी हेर्न सकिन्छ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 08:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आज बिहान सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यलयमा आइपीओ बाँडफाँड कार्यक्रम भएको हो। 

क्यापिटलकाअनुसार सामलिङ्ग पावरको आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। 

योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।    

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आबेदन खुला गरिएको थियो।

कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।  

यी तरिकाबाट हेर्न सकिन्छ नतिजा 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार सामलिङ्ग पावरको   वेबसाइट, बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved