ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आह्वान, कहिलेसम्म कायम सेयरधनीले पाउँछ लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 10:11:39 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय सँस्थाले आफ्नो यहि मङ्सिर २८ गते आफ्नो नवौं बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तले बार्षिक साधारणसभा प्रयोजनार्थ मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर १३ सम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन तथा गत आर्थिक बर्षको लाभांश प्राप्त गर्नेछन। 

लघुवित्तले गत आर्थिक बर्षबाट आफ्ना सेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले लाभांश प्राप्त गर्नेछन। 

लाभांश प्रस्ताव सहित साधारणसभाका अन्य एजेन्डामा आर्थिक बर्ष २०७७-०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति गर्ने, चुक्ता र जारीपुंजी वृद्धि गर्ने, अन्य लघुवित्त मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, लगायतका प्रस्ताव रहेका छन्। 

हाल ग्लोबल आइएमई लघुवित्तको चुक्तापुंजी त्रिचालिस करोड १७ लाख रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुजी ५५ करोड २५ लाख पुग्नेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved