१० प्रतिशत लाभांश प्रस्ताव गरेको विन्ध्यवासिनी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 09:40:07 AM मा प्रकाशित

laxmi  sunrise bank

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । बैंकले शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थित हुन आग्रह गरेको छ ।

सभामा आर्थिक वर्ष ७७/७८ को आर्थिक प्रतिवेदनमाथि छलफल गरि स्वीकृत गर्ने , लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आईपिओ निष्काशन सम्बन्धि आवश्यक निर्णय गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुने छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । 

कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved