नागरिक स्टक डिलरको साधारणसभा आह्वान, डेढ अर्बको आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 10:17:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते दिउँसो ३:३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा सभा आह्वान गरेको हो 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको मनोनयन/निर्वाचन गर्ने, संचालकको भत्ता, पारिश्रमिक, सेवा, सुविधा निर्धारण गर्ने  लगायतका साधारण प्रस्ताव पेश हुने छन् 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत डेढ अर्बको आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ  । कम्पनीले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड बराबरको १,५०,००,००० कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित) प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । साथै, सर्वसाधारणलाई निष्काशन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव सभामा पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत नै कम्पनीको प्रबन्धपत्रको दफा ४(छ) मा संशोधन र दफा ५ मा (ड) थप गर्ने र  विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved