यी २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 08:46:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २१ गते बुधबार २ वटा फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अनतिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved