नाडेप लघुवित्तको साधारणसभा आह्वान, शेयर संरचना र कर्मचारी समायोजनले मर्जर भाडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 09:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ १४ गते धादिङको नौबिसे एग्रो रिसोर्टमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्ताव, वित्तीय विवरण, लेखापरीक्षण विवरण, लेखापरीक्षक नियुक्ति लगागायतका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ ।  

यद्यपि डिमर्जको कारवाही स्वरुप राष्ट्र बैंकले कम्पनीलाई लाभांश बितरणमा रोक लगाएको छ । साधारणसभाले लाभांश पारित गरेपछि कम्पनीले अर्को कुनै कम्पनीसँग मर्जर वा प्राप्तिमा नगएसम्म लाभांश बितरण गर्न पाउने छैन । 

नाडेपले डिप्रोक्स लघुवित्तसँग गाभिने गरि राष्ट्र बैंकसँग सैदान्तिक स्वीकृति लिएको थियो ।  तर शेयर संरचना र कर्मचारी समायोजनमा कुरा नमिल्दा मर्जर हुन सकेको थिएँन । अब कम्पनीले अन्य कुनै संस्थासँग मर्ज गर्नु पर्ने हुन्छ । कम्पनीले सभामा अन्य कुनै उपयुक्त स्नास्थासँग मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव सभामा लैजादै छ । 

कम्पनी शेयर कारोबार २०७७ पुस १६ देखि नै रोक्का छ । साधारणसभा प्रयोजनको लागि पनि सोहि बुक क्लोज मिति लागु हुने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved