नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 08:25:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रिमियर इन्स्योरेन्स Premier Insurance Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि  आज माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०६१.७१ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२१३ रुपैयाँ रहेको थियो । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ४ गतेसम्म  कायमं शेयरधनीलेमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् । 

 कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायाम चुक्ता पुंजीको १४.२५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले यस अघि ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा बीमा समितिले कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले लाभांश दर संशोधन गर्दै १४.२५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सभाको 

यस्ता छन् सभामा पेश हुने प्रस्ताव: 

क) सामान्य प्रस्ताव :

१। संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२। लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने ।

३। यस कम्पनीको हालको चुक्ता पूँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रकम रु ८०,५९,२००/- बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४। आ.व. २०७८१/७९ को लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने।

५। विविध ।

ख) विशेष प्रस्ताव :

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको १४.२५ प्रतिशतले हुने रकम रु. १५,३१,२४,८००/- बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२) कम्पनीको नियमावली संशोधन गर्ने बारे ।

३) निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved