ईमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 08:10:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 ईमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

कम्पनीको आईपिओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved