ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 03:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक चयन समबन्धि सम्झौतामा ट्रेड टावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शिवहरी दंगाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिअव सापकोटाले हस्ताक्षर गरेका छन् । कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

२०६७ सालमा स्थापना भएको यस कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ , जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved