जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 03, 2022 | 12:33:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्त्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  

कम्पनी परिचय

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन२०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन२०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्लापोखरा महानगरपालिका वडा नं. ८सिमलचौरकास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेशगण्डकि प्रदेशलुम्वीनि प्रदेशकर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु३ वटा संकलन केन्द्रहरु१४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

सृजना विकास केन्द्रपोखराकास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्रघोराहीदाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।

यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।

पूजी संरचना

यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । 

आधारभूत शेयरधनीहरु तथा सञ्चालक विवरण

कम्पनीको संस्थापक आधारभूत शेयरधनीहरुमा सृजना विकास केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र , प्राइम कमर्सियल बैंकज्योति विकास बैंकपोखरा फाइनान्सर गीता कुमारी योगी रहेका छन् । सृजना विकास केन्द्र र नेपाल महिला सामुदायिक सेवा केन्द्र गैरमुनाफामुलक संस्था हुन् । कम्पनीको सञ्चालकहरुमा वीर बहादुर अधिकारी,  अर्जुन श्रेष्ठगिता कुमारी योगी गिरीशुषमा गौतमर ओमकार पाण्डे रहेका छन् । ओमकार पाण्डे स्वतन्त्र सञ्चालक हुन् । कम्पनीको अध्यक्ष वीर बहादुर अधिकारी हुन् । उनीसँग सृजना विकास केन्द्रसृजना बैंकिङ्ग कार्यक्रमको कार्यकारी प्रमुखको रुपमा १४ बर्षको कार्यानुभव र सृजना विकास केन्द्रको अध्यक्षको अनुभव छ । उनी  जनप्रिय क्याम्पसको विगत १ बर्ष देखि उपाध्यक्ष पदमा बहाल छन् ।

कम्पनीले सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकलाई  प्रति बैठक भत्ता रु.२,५००वित्तीय संस्थाको कामको सिलसिलमा सञ्चालकलाई  स्वदेशमा दैनिक भत्ता रु.२,५००, भारतमा दैनिक भत्ता भा रु.३,०००, भारत बाहेकका अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० र भ्रमण भत्ता बिल बमोजिम हुने गरि प्रदान गर्ने गरेको छ ।

उच्च व्यवस्थापकीय विवरण

कम्पनीको प्रमुख कार्यकारी अधिकृत बिमला योगी रहेकी छिन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनीसँग नेपाल महिला सामुदायिक सेवा केन्द्रदाङ्गको कार्यसमितिमा विगत २५ बर्ष देखि विभिन्न पदमा रही कार्य गरेको अनुभव छ । त्यसैगरी नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित लघुवित्त कार्यक्रम हुदै साविक महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रही कार्य गरेको अनुभव छ । उनी २०७७÷०८÷१६ देखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् ।

कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्य रहेका छन् । कम्पनीको वरिष्ठ मुख्य ब्यवस्थापक शारदा शर्मा तथा मुख्य ब्यवस्थापक दिवस ढकाल, पवन योगी र लोकमणि रेग्मी रहेका छन् ।   कम्पनीमा २८५ स्थायी, १२३ करार , र ६६ प्रशिक्षार्थी गरि कुल ४७४ कर्मचारी छन् ।   आर्थिक वर्ष ७७/७८ मा प्रमुख कार्यकारी अधिकृत योगीले २१ लाख ९ हजारनायव प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले २० लाख २ हजार र बरिष्ठ मुख्य ब्यबस्थापकले १२ लाख १९ हजार पारिश्रमिक लिएका छन् ।

बीमा विवरण

कम्पनीले एनएलजी इन्स्योरेन्समा सामान्य सम्पत्ति बीमालेख शिर्षकमा १ करोड ११ लाखको स्थिर सम्पत्ति जोखिम बीमा गरेको छ । त्यस्तै एनएलजी मै बिबिध दुर्घटना बीमा शिर्षकमा ४० लाखको बैंकरको क्षतिपूर्ति बीमा गराएको छ भने सवारी साधन बीमा शिर्षकमा एनएलजी मै ४८ लाखको सवारी  साधनको क्षति÷हानि नोक्सानी बीमा गरेको छ । कम्पनीले शिखर इन्स्योरेन्समा  सवारी साधन बीमा शिर्षकमा २८  लाख ८७ हजारको सवारी  साधनको क्षति÷हानि नोक्सानी बीमा गरेको छ ।

वित्तीय विवरण

असार ३१२०७७ को वासलात अनुसार कम्पनीको शेयर पुँजी ७ करोड , रिजर्भमा ७ करोड ७४ लाखखुद ब्याज आम्दानी ११ करोड ३८ लाखसंचालन आम्दानी १३ करोड ६७ लाखसंचालन मुनाफा २ करोड २४ लाखखुद नाफा १ करोड ७५ लाख र संचित मुनाफा २ करोड ८० लाख रहेको छ । यो कम्पनीको लेखापरीक्षण भएको विवरण अनुसार हो ।

आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी १० करोड ७८ लाखजेग्दा तथा कोषहरु (रिजर्भ) ३७ करोड ७१ लाखखुद ब्याज आम्दानी २५ करोड ९५ लाखसंचालन आम्दानी ३२ करोड ३६ लाखसंचालन मुनाफा ९ करोड ५६ लाख र खुद मुनाफा १० करोड ४३ लाख रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९७९/८० र ८०/८१ मा खुद मुनाफा क्रमश ११ करोड ८९ लाख१३ करोड ९७ लाखर १८ करोड ५ लाख हुने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९७९/८० र ८०/८१ मा  संचित मुनाफा क्रमश २३ करोड ७ लाख३३ करोड ९ लाख र ४८ करोड ६ लाख हुने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ८०/८१ सम्म नै चुक्ता पुँजी १६ करोड रहने प्रक्षेपणको आधारमा यो खुद नाफा र संचित नाफाको हिसाब निकालेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९७९/८० र ८०/८१ मा जगेडा तथा कोष (रिजर्भ) मा क्रमश ३९ करोड ३७ लाख५३ करोड ३४ लाख र ७१ करोड ४० लाख हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले आफ्नो वित्तीय सूचकहरु निम्न अनुसार कायम रहने आधारमा माथि उल्लेखित वित्तीय प्रक्षेपण गरेको जनाएको छ ।


प्रति शेयर आम्दानी र नेटवर्थ विवरण

आर्थिक वर्ष ७५/७६ र ७६/७७ मा कम्पनीको प्रति शेयर आम्दानी क्रमश २६.२६ रुपैयाँ र २५.०९ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९६.७५ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रति शेयर आम्दानी क्रमश ७४.३२ रुपैयाँ८७.३३ रुपैयाँ र ११२.८७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष ७५/७६ र ७६/७७ मा कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १४०.०२ रुपैयाँ र १६४.६०  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८ को अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रति शेयर नेटवर्थ क्रमश २९७.४२ रुपैयाँ३८३.०१  रुपैयाँ र ४९३.६२  रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०७८ पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १० करोड ७८ लाखरिजर्भमा ३६ करोड ५७ लाख, खुद ब्याज आम्दानी १७ करोड ७२ लाखसंचालन आम्दानी २२ करोड ९२ लाखसंचालन मुनाफा ६ करोड १५ लाखर खुद नाफा ५ करोड ८० लाख रहेको छ  

आईपिओबाट उठेको रकमको उपयोग तथा प्रत्याभूति विवरण

कम्पनीले आईपिओ बाट सनाक्लान हुने कुल ५ करोड २२ लाख रकम मध्ये ५० लाख भौतिक पूर्वाधार तथा शाखा विस्तारमा२ करोड प्रशुपालन तथा कृषि कर्जामा, २ करोड खुद्रा ब्यापर त्तहा सेवा कर्जामा , र ७२ लाख साना तथा गह्रेलु उद्योग कर्जामा लगानी गर्ने जनाएको छ ।

 कथंकदाचित निष्काशन गरिने साधारण शेयरहरु पूर्णरुपमा बिक्री नभएमाग्लोबल आइएमई क्यापिटल लिमिटेडले निष्काशन रकमको शत प्रतिशत शेयर आफैंले खरीद गर्ने प्रत्याभूति सम्झौता गरिएको छ । यस सेवाको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई १ लाख प्रदान गर्ने छ । कम्पनीले बिक्रि प्रबन्धक प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धक सेवा प्रदान गरे वापत १ लाख प्रदान गर्ने छ ।

रेटिङ्ग विवरण

कम्पनीलाई संस्थालाइ ईका नेपाल लिमिटेडडिल्लीबजारकाठमाडौंले [ICRANP-IR] BB" रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम (moderate risk) रहेको [ICRANP-IR] BB (Pronounced as ICRANP issuer rating Double B) जनाउँदछ । सो रेटिङ्ग को वैधता अवधि एक बर्ष रहनेछ । ईका नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IRJD सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP-IRJ AAA ले बलियो आधार जनाउँछ [ICRANP-IRJD ले कमजोर आधार जनाउँछ । [ICRANP-IR] B, [ICRANP-IR]C र [ICRANP-IRJD ले औसत भन्दा कम आधार जनाउँछ दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलानात्मक सकारात्मक स्थितिलाई जनाउँछ । क्रेडिट रेटिङ्ग प्रदान गरेको मिति २०२१/०७/१२ रहेको छ भने क्रेडिट रेटिङ्ग बहाल रहने मिति २०२२/०७/११सम्म रहेको छ ।

तयार गरिएको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु पुनरावलोकन गरी सो आधारमा तयार गरिएका वित्तीय प्रक्षेपणका विवरण यथार्थपरक रहेको भनी प्रमाणित गर्ने विशेषज्ञमा एमजीएम एण्ड एसोसिएटस्का चार्टर्ड एकाउटेण्सका चार्टर्ड एकाउन्टेण्ड धुब्र अधिकारी रहेका छन् ।

पहिलो कारोबार 

कम्पनीको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गर्छ  । कम्पनीको आर्थिक वर्ष ७७/७८ को नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ । यस हिसाबमा कम्पनीले ११३९ सम्मको अधिकतम  रेन्ज पाउन सक्छ। यदि रेन्जको उच्चतम बिन्दुमा कारोबार भएमा कम्पनीको पहिलो कारोबार नै ११ सय प्लसमा हुने देखिन्छ ।

नोट : यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved