ग्रिन भेन्चरले आयोजना प्रभावितलाई फागुन २ गतेदेखि आइपीओ बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 11:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावितहरुका लागि यहि फागुन २ गतेदेखि साधारण सेयर निष्काशन गर्ने भएको छ। ग्रिन भेन्चरले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो। 

इच्छुक ओखलढुंगा र रामेछापवासीहरुले फागुन २ गतेदेखि फागुन १६ गतेसम्म आइपीओमा आबेदन दिन सक्नेछन।  स्थानीय आयोजना प्रभावितलाई छुट्याएको ३१ लाख २५ हजार कित्तामा पूर्ण आबेदन नपरेमा चैत १,२०७८ सम्मको लागि आबेदन म्याद थप हुने कम्पनीले जनाएको छ। 

इच्छुक ओखलढुंगा र रामेछापवासीहरुले प्रति कित्ता १ सय रुपैयाँका दरले न्युनतम १० र अधिकतम ५०,००० कित्ताको लागि आबेदन दिन पाउनेछन।  ग्रिन भेन्चरको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  

ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता मध्ये १० प्रतिशतले हुन आउने ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावितको लागि छुट्याएको हो।

आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरे पश्चात कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ। त्यसपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थागत र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  

कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved