जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 08:38:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारणसेयरमा आबेदन दिने आज अन्तिम दिन हो। आइपीओमा झन्डै ५६ गुणा बढीले आबेदन परिसकेकाले जाल्पाको आइपीओमा आबेदन दिने म्याद थप नहुने भएकाले आजसम्म आबेदन दिन पाइने जनाईएको छ। 

जाल्पाले माघ २१ गतेदेखि निष्काशन गरेको ५ लाख २२ हजार कित्ता आइपीओमा तेस्रो दिन अर्थात माघ २४ गतेसम्म झन्डै ५६ गुणा बढीले आबेदन परेको छ। 

सिडीएससीका अनुसार २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आबेदन दिएका छन्। जुन झन्डै ५६ गुणाले बढी हो।    

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा आज अर्थात माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सकिने छ। 

तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७९० जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved